पर्यटन तथा नागरिक उड्डयन विभागमा राष्ट्रिय संविधान दिवस पालन
पर्यटन तथा नागरिक उड्डयन विभागमा राष्ट्रिय संविधान दिवस पालन


गान्तोक, २६ नोभेम्बर (हि.स.)। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले आज तादोङस्थित आफ्नो मुख्य कार्यालयमा राष्ट्रिय संविधान दिवस २०२६ को अवसरमा शपथ ग्रहण कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।

विभागकी सचिव होन्डला ग्याल्छेनले मुख्य कार्यालयमा कार्यरत वरिष्ठ अधिकारी तथा कर्मचारीहरूको उपस्थितिमा शपथ ग्रहण गराएकी थिइन्। यस अवसरमा विभागले भारतीय संविधानमा निहित आदर्श तथा मूल्य-मान्यताको संरक्षण र पालनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

कार्यक्रममा सहभागी सबैले संवैधानिक सिद्धान्तको पालना गर्ने, लोकतान्त्रिक मूल्य-मान्यताको सम्मान गर्ने तथा जिम्मेवार नागरिकका रूपमा आफ्ना कर्तव्य निर्वाह गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande