मुख्यमन्त्रीकी माता धनमाया तामाङको पार्थिव शरीर सिङलिङस्थित निवासमा ल्याइयो, अन्त्येष्टि ३० नोभेम्बरमा
स्वर्गीय धनमाया तामाङ


गान्तोक, २६ नोभेम्बर (हि.स.)। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी माता स्वर्गीय धनमाया तामाङको पार्थिव शरीर आज बिहान सिलगढीबाट उनको पैतृक गाउँ सोरेङ जिल्लाको सिङलिङस्थित निवासमा ल्याइएको छ।

८७ वर्षीया धनमाया तामाङको उपचारका क्रममा हिजो सिलगढीमा निधन भएको थियो। उनी केही समयदेखि अस्वस्थ थिइन्। सिलगढीबाट सिङलिङ ल्याउने क्रममा विभिन्न स्थानमा स्वर्गीय तामाङप्रति श्रद्धाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ।

जानकारीअनुसार, स्वर्गीय धनमाया तामाङको अन्तिम संस्कार आगामी ३० नोभेम्बर, २०२६ का दिन सिङलिङमा गरिनेछ। यस दुःखद् घडीमा शोकसन्तप्त परिवारले समवेदना, प्रार्थना तथा सहयोग प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande