
कोलकाता, 26 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा चिसोको प्रभाव बिस्तारै बढ्न थालेको छ। बिहीवार राज्यको उत्तरदेखि दक्षिणसम्म मौसम मुख्यतया सुख्खा रहने पूर्वानुमान गरिएको छ। अलिपुर मौसम विभाग अनुसार राज्यको कुनै पनि जिल्ला अहिलेघरि पानी पर्ने सम्भावना छैन।
मौसम विभाग मुताविक उत्तर दिशाबाट आउने हावाले गर्दा तापमानमा ह्रास रेकर्ड गरिएको छ। आगामी 48 घण्टामा रातको तापमान अझ घट्ने सम्भावना छ। यसले बिहान-बेलुकी चिसोको अनुभूति बढ़ाउनेछ।
कोलकाता र यस वरपरका क्षेत्रहरूमा आकाश मुख्य रूपमा सफा रहनकोसाथै बिहान हल्का कुहिरो लाग्नसक्छ। अधिकतम तापमान 26-28 डिग्री सेल्सियस र न्यूनतम 17-18 डिग्री सेल्सियस लगभग रहने अनुमान व्यक्त गरिएको छ।
दक्षिण बङ्गालका जिल्लाहरूमा मौसम शुष्क रहनेछ। पुरुलिया, बाँकुड़ा र बीरभूम लगायत पश्चिमी जिल्लाहरूमा बिहान-बेलुकी चिसोको प्रभाव अघिक अनुभव हुने सम्भावना छ। यी क्षेत्रहरूमा न्यूनतम तापमान 15-18 डिग्री सेल्सियसबीच रहने सम्भावना छ।
यता उत्तर बङ्गालको दार्जीलिङ र कालेबुङका पहाड़ी क्षेत्रहरूमा चिसोको प्रभाव बढ्न थालेको छ। बिहान कतिपय ठाउँमा हल्का कुहिरो पर्ने सम्भावना छ। उत्तर बङ्गालका अन्य जिल्लाहरूमा पनि सुख्खा मौसम रहने अनुमान गरिएको छ। न्यूनतम तापक्रम 11 देखि 15 डिग्री सेल्सियसको बीचमा रहने सम्भावना छ।
मौसम विभागको पूर्वानुमान अनुसार हाल बङ्गालको खाड़ीमा त्यस्तो कुनै पनि मौसम प्रणाली सक्रिय छैन जसबाट राज्यमा वर्षा हुनसकोस्। राज्यमा आगामी केही दिनसम्म सुख्खा मौसम रहने र तापमान बिस्तारै घट्ने सम्भावना छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा