
नयाँ दिल्ली, २७ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला र रक्षा मन्त्री राजनाथ सिंह लगायत विभिन्न नेताहरूले शुक्रवार केन्द्रिय शिक्षा, उपभोक्ता मामिला तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीलाई जन्मदिनको अवसरमा बधाई तथा शुभकामना दिएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “प्रह्लाद जोशीले भारतको शिक्षा व्यवस्थालाई सुदृढ़ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। साथै, दिगोपनलाई प्रवर्द्धन गर्ने दिशामा उनको काम पनि प्रशंसनीय छ। उनले जनताको सेवा गर्दै लामो र स्वस्थ जीवन बिताउनुहोस् भन्ने कामना गर्दछु।”
लोकसभा अध्यक्ष ओम बिरलाले भगवानले प्रह्लाद जोशीलाई उत्तम स्वास्थ्य, दीर्घायु र सफल जीवन प्रदान गरून् भन्ने कामना गरेका छन्।
रक्षामन्त्री राजनाथ सिंहले शिक्षा प्रणालीलाई सुदृढ़ बनाउने दिशामा उनका समर्पित प्रयासहरू प्रशंसनीय रहेको बताए। दिगो विकासलाई अगाड़ी बढ़ाउन उनको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै उनले भगवानसंग जोशीको उत्तम स्वास्थ्य र दीर्घायुको कामना गरेका छन्। साथै, उनको लामो जीवन जनसेवामा समर्पित रहोस् भन्ने कामना गरेका छन्।
केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले जनसेवाप्रतिको प्रह्लाद जोशीको प्रतिबद्धता र त्यसका लागि गरिएका समर्पित प्रयासहरूले जनताको कल्याण तथा प्रगतिका लागि प्रधानमन्त्री मोदीको परिकल्पनालाई अगाड़ी बढ़ाइरहेको बताएका छन्। उनले जोशीको दीर्घायु र स्वस्थ जीवनको कामना गरेका छन्।
विदेशमन्त्री डा. एस. जयशंकरले भगवान्ले प्रह्लाद जोशीलाई दीर्घायु र उत्तम स्वास्थ्य प्रदान गरून् तथा उनले जनसेवाका कार्यहरूमा निरन्तर सफलता प्राप्त गरिरहनुभएको होस् भन्ने कामना गरेका छन्।
संसदीय तथा अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजूले प्रह्लाद जोशी वास्तवमै एक सज्जन व्यक्ति भएको बताए। उनी विकसित भारतको परिकल्पना पूरा गर्न तथा जनताको कल्याणका लागि समर्पित रहेको उल्लेख गर्दै उनले भगवान बुद्धसँग जोशीको दीर्घायु र स्वस्थ जीवनको प्रार्थना गरेका छन्।
केन्द्रिय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले पवनपुत्र भगवान् हनुमानले प्रह्लाद जोशीलाई उत्तम स्वास्थ्य र दीर्घायु प्रदान गरून् भन्ने कामना गरेका छन्। जनसेवा तथा लोक कल्याणसँग सम्बन्धित उनका सबै आकांक्षाहरू पूरा होऊन् भन्ने प्रार्थना पनि गरेका छन्।
केन्द्रिय कपड़ा मन्त्री गिरिराज सिंहले भगवानसंग प्रह्लाद जोशीको उत्तम स्वास्थ्य, सुख, समृद्धि तथा जनसेवाको मार्गमा निरन्तर प्रगतिको कामना गरेका छन्।
/ बिशाल