श्रीनगरको न्यूनतम तापक्रम घटेर माइनस २.० डिग्री सेल्सियस पुग्यो
श्रीनगरको न्यूनतम तापक्रम घटेर माइनस २.० डिग्री सेल्सियस पुग्यो


श्रीनगर, २७ नोभेम्बर (हि.स.)। कश्मीरमा कठ्याङ्ग्रिने चिसोको क्रम जारी छ। यस हिउँदको मौसममा श्रीनगरको न्यूनतम तापक्रम घटेर माइनस २.० डिग्री सेल्सियस पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा न्यून स्तर हो। शोपियाँ उपत्यका क्षेत्र सबैभन्दा चिसो रह्यो, जहाँ तापक्रम माइनस ४.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

मौसम विज्ञान केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार सम्पूर्ण कश्मीरमा रातिको तापक्रममा थप ह्रास आएको छ। धेरै क्षेत्रमा तापक्रम शून्यभन्दा तल झरेको छ, जस कारण यस क्षेत्रमा चिसोको प्रभाव अझ् बढ़ेको छ। दक्षिण कश्मीरको काजीगुण्डमा न्यूनतम तापक्रम माइनस २.४ डिग्री सेल्सियस र कुलगाम जिल्लाको खुदवानीमा माइनस ३.० डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

पुलवामामा अझ् बढ़ी चिसो रह्यो, जहाँ तापक्रम माइनस ३.४ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। त्यसपछि अनन्तनागको तापक्रम माइनस २.७ डिग्री सेल्सियस रहेको छ। तापक्रममा आएको भारी ह्रासका कारण कठ्याङ्ग्रिने चिसो बढ़ेको छ, विशेषगरी राति र बिहानको समयमा। मानिसहरूले पहिलेभन्दा बढ़ी चिसोको सामना गर्नुपरेको छ।

यसैबीच, उपत्यकाका धेरै क्षेत्रमा बिहानको समयमा कुहिरो लाग्यो। लगातार न्यून तापक्रमका बीच विभिन्न स्थानमा कुहिरोको पातलो तह देखियो। शून्यभन्दा तलको तापक्रम र बिहानको कुहिरोले चिसो अझ् बढ़ाएको छ। यसले सम्पूर्ण कश्मीरमा चिसोको प्रकोप अझ् तीव्र हुने संकेत गरेको छ।

/ बिशाल


 rajesh pande