
उज्जैन, २७ नोभेम्बर (हि.स.)। मध्य प्रदेशको उज्जैन जिल्लामा अवस्थित विश्व प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वर मन्दिरमा शुक्रवार बिहान केन्द्रिय राज्यमन्त्री दुर्गादास उइके र मध्य प्रदेश जन अभियान परिषद्का उपाध्यक्ष मोहन नागरले बाबा महाकालको भस्म आरतीमा सहभागी भई दर्शन गरेका छन्। दुवै जना लगभग दुई घण्टासम्म नन्दी हलमा बसेर आरतीमा सहभागी भए र देश तथा प्रदेशको सुख, समृद्धि एवं खुशीयालीको कामना गरे।
केन्द्रिय राज्यमन्त्री दुर्गादास उइके र मोहन नागर शुक्रवार बिहान सबेरै बाबा महाकालको भस्म आरतीमा सहभागी हुन पुगेका थिए। बिहान ४ बजीदेखि ६ बजीसम्म दुवै जना मन्दिरमा रहेर नन्दी हलमा बसी भगवान् महाकालको आराधना गरे। मोहन नागरलाई राज्यमन्त्रीको दर्जा प्राप्त छ।
दर्शनपछि मोहन नागरले भस्म आरतीका क्रममा दुई घण्टा समय बितेको पत्तै नभएको बताए। बाबा महाकालको दर्शन गरेर मन आनन्दले भरिएको उनले बताए। उनले मन्दिरको पूजापद्धति तथा व्यवस्थापनको प्रशंसा गर्दै यहाँको व्यवस्था र धार्मिक वातावरणले सबैलाई प्रभावित पार्ने बताए।
उनले बाबा महाकालसँग सबैको सुखी र समृद्ध जीवनको प्रार्थना गरे।
/ बिशाल