
काठमाडौँ, ०४ नोभेम्बर (हि.स.)। नेपाल सरकारले पुलिस महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदको जिम्मेवारीबाट हटाएको छ। उनलाई जिम्मेवारीमुक्त गर्दै प्रधानमन्त्री कार्यालयअन्तर्गत सल्लाहकारका रूपमा राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्री कार्यालयअन्तर्गत स्थानान्तरण गरिएको हो। पछिल्लो समय विवादित घटनाक्रममा आईजीपी कार्कीको भूमिका पनि जोडिएपछि सरकारले यस्तो निर्णय लिएको बताइएको छ।
सीधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने आशङ्काका कारण मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत स्थानान्तरण गर्ने निर्णय गरेको जनाइएको छ।
यसैबीच, सरकारले अतिरिक्त पुलिस महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ पुलिस महानिरीक्षक नियुक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल