
काठमाडौँ, ०४ नोभेम्बर (हि.स.)। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज यहाँ विदेशमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्।
बुधबार विदेश मन्त्रालयमा भएको मिस्री र खनालबिचको भेटमा नेपाल र भारतबिचको बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने र दुई देशबिचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको छ।
मिस्री दुई दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौँ आइपुगेका हुन्। नेपालका विदेश सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँमा रहेका मिस्रीले बुधबार मात्रै आफ्ना समकक्षी राईसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ।
नोभेम्बरको तेस्रो हप्तामा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि मिस्री नेपाल आएका छन्। विदेश मन्त्रालयका अनुसार, मिस्री बिहीबार दिल्ली फर्कने कार्यक्रम छ।
--------
हिन्दुस्थान समाचार / Sachin Budhauliya