
काठमाडौँ, ०४ नोभेम्बर (हि.स.)। भारतीय विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्। उनी केही समयअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनको नेपाल भ्रमणलाई प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ।
नेपालको विदेश मन्त्रालयका अनुसार, प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तथा दुई देशबीच उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिने उद्देश्यले भारतीय विदेश सचिवको भ्रमण तय भएको हो।
काठमाडौँ आइपुगेका मिस्रीले आजै उच्चस्तरीय भेटवार्ता शुरु गर्ने कार्यक्रम छ। उनले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गर्ने तय भएको छ। यसका साथै विदेशमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वागलेलगायत अन्य मन्त्रीहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
भेटवार्ताका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
दुईदिने भ्रमण पूरा गरेपछि भारतीय विदेश सचिव मिस्री भोलि स्वदेश फर्कनेछन्।
हिन्दुस्थान समाचार / बिशाल