(अपडेट) असममा दीपावलीमा आगलागीका 112 घटनाहरू दर्ता
Image of the Fire Destroying Commercial Establishments in Silapathar During Diwali Celebrations.


गुवाहाटी, 09 नोभेम्बर (हि.स.)। असममा गए आइतवार 8 नोभेम्बरमा सानो-ठूलो आगलागीका 112 वटा घटनाहरू दर्ता गरियो। अग्निशमन एवं आपातकालीन सेवा विभागबाट आज प्राप्त जानकारी अनुसार, राज्यका विभिन्न भगहरूमा यी घटनाहरू भएका हुन्।

दीपावलीको समयमा पटाखा र आतिशबाजीबीच आगलागीका यी घटनाहरूले अग्नि सुरक्षाबारे चिन्ता बढाएको छ। विभिन्न स्थानमा आगो निभाउन र स्थिति नियन्त्रण गर्न अग्नि नियन्त्रक विभागका टोलीलाई तैनाथ गरिएको छ।

एकै दिनमा यति धेरै सङ्ख्यामा आगलागीले राज्यमा अग्नि सुरक्षा उपायहरूलाई अझ सुदृढ पार्ने तथा सर्वसाधारणलाई सतर्क रहने आवश्यकतालाई जोड दिएको छ।

विभागले मानिसहरूलाई पटाका र बिजुलीका उपकरणहरू प्रयोग गर्दा सतर्कता अप्नाउने अपील गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande