दीपावलीको राती रेहान मोटर्सको वर्कशपमा आगलागी, 50 लाख रुपियाँभन्दा बढ़ीको क्षति
फोटो। आग में जलती हुई कार


-धुवाँ र आगो बाहिर निस्किएको देखेर कोकोहोलो मच्चियो

- दमकलका पाँच वटा वाहनहरूले एक घण्टासम्म सङ्घर्ष गरेर आगो निभाउने प्रयास गरे

औरैया, 09 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको औरैया जिल्लामा दीपावलीको राती दिबियापुरस्थित रेहान मोटर्सको वर्कशपमा अचानक आगलागी भएर कोकोहोलो मच्चियो। वर्कशपमा ह्वार-ह्वारती आगो बलेको र धुवाँ निस्किएको देखेर वरपरका मानिसमा आतङ्क फैलियो। मानिसहरू घरबाट बाहिर निस्किए। केही समयपछि घटनास्थलमा ठूलो सङ्ख्यामा मानिसहरू जम्मा भए। आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट 50 लाख रुपियाँभन्दा बढीको क्षति भएको बताइएको छ।

जानकारी अनुसार दीपावलीको राती कार्यशालामा अचानक आगलागी भयो। केही समयभित्रै आगोले विकराल रूप दारण गऱ्यो। वर्कशपबाट निस्कने आगो र धुवाँ देखेर वरपरका मानिसहरूले दमकल विभागलाई सूचित गरे। सूचना पाएपछि फायर ब्रिगेडका पाँचवटा इ़ञ्जिन घटनास्थलमा पुगे अनि उद्धार कार्य शुरू गरे।

दमकलकर्मीहरूले आगो नियन्त्रणमा ल्याउन करिब एक घण्टासम्म सङ्घर्ष गरे पनि आगो पूर्ण रूपमा निभाउन सकेनन्। अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहे। यसैबीच दिबियापुर पुलिस पनि घटनास्थलमा पुग्यो जसले स्थितिमाथि निगरानी गरिरहेको छ।

वर्कशपमा लागेको आगलागीले त्यहाँ रहेको सामान र अन्य सामग्रीहरूलआई ठूलो क्षति पुऱ्याएको अनुमान गरिएको छ। प्रारम्भिक अनुमान अनुसार 50 लाख रुपियाँभन्दा बढ़ी नोक्सान भएको छ। यद्यपि आगो पूर्ण रूपमा निभाएर वर्कशपको निरीक्षण गरेपछि मात्र वास्तविक क्षतिको बारेमा थाहा हुनेछ।

दिबियापुर कोतवालीका प्रभारी राजकुमार सिंहले पीडितको तर्फबाट उजुरी दर्ता गरिएको बताए। यस विषयमा अनुसन्धान भइरहेको छ र क्षतिको मूल्याङ्कन भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande