ट्रेनको चपेटामा परी युवाको मृत्यु
सांकेतिक ट्रेन से दुर्घटना


मेदिनीपुर, 09 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा रेलवे स्टेशनमा गुड़िरहेको रेलबाट झरेर एकजना युवकको मृत्यु भयो। मृतकको पहिचान पूर्व मेदिनीपुर जिल्लाको इटाबेड़ियाका बासिन्दा सोहेब मिद्द्या (28)- को रूपमा भएको छ।

स्थानीय सूत्र अनुसार सोमवार बिहान बेलदा स्टेशन नजिकै विशाखापट्टनमबाट हावड़ा तर्फ गइरहेको एक्सप्रेस ट्रेनबाट युवक झरे। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाको जानकारी पाए लगत्तै रेलवे पुलिस घटनास्थलमा पुग्यो। मृतकको परिवारलाई घटनाको जानकारी दिइएको छ। रेलवे पुलिसले शवलाई कब्जा गरी पोस्टमर्टम गर्नको लागि खड़गपुरमा पठाइदिएको छ।

कुन परिस्थितिमा युवक गुड़िरहेको रेलबाट झरेका हुन्, रेलवे पुलिसले अनुसन्धान गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande