
जयपुर, ०9 नोभेम्बर (हि.स.)। दीपावलीको अवसरमा मुख्यमन्त्री भजनलाल शर्माले आइतवार राती जयपुरको परकोटामा पुगेर आम जनतासित आत्मीय भेट गरे। बाल-बालिका, महिला, युवा एवं वृद्धहरू मुख्यमन्त्रीलाई आफूहरूमाझ देखेर विशेष उत्साहित र प्रसन्न थिए। बाटोमा ठाउँ-ठाउँमा जनताले मुख्यमन्त्रीलाई हात जोड़ेर स्वागत गरे। मुख्यमन्त्रीले बाल-बालिकाहरूलाई चकलेट दिएर माया जताए, युवाहरूसँग हात मिलाएर सबैलाई दीपावलीको शुभकामना दिए।
यस अवधि मुख्यमन्त्रीले कुनै औपचारिकता बिना नै आम जनतासँग दीपावलीको खुशी बाँड़े। उनी साङ्गानेरी गेटदेखि त्रिपोलियाको बडी चौपड़ हुँदै नयाँ गेटसम्म आम जनतासँगै हिँड़ेर बजारको सजावटलाई हेरे। यस अवसरमा जयपुर नगरनिगमका मेयर सुनील कोठारी, कर्पोरेटर पुनीत कर्णावत एवं अन्य सार्वजनिक प्रतिनिधिहरू पनि उपस्थित थिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा