
दुर्गापुर, ०9 नोभेम्बर (हि.स.)। पश्चिम बर्दवान जिल्ला अन्तर्गत दुर्गापुरको बेनाचितीस्थित गुरुद्वारा क्षेत्रमा सोमवार बिहान डेकोरेटरको गोदाममा भीषण आगलागी भयो। यस घटनामा कोही घाइते भएको खबर आएको छैन।
प्राप्त जानकारी अनुसार सोमवार बिहान आगको बलेको र धुवाँ निक्लिरहेको देखेर क्षेत्रमा कोकोहोलो मच्चियो। घटनाको सूचना पाएर दमकल विभागका दुई वटा वाहनहरूले घटनास्थलमा पुगेर आगो निभाउन शुरू गरे। दमकलकर्मीहरूले लामो प्रयासपछि आगोलाई नियन्त्रण गरे। गोदाममा विवाह तथा अन्य आयोजनहरूमा प्रयोग गरिने सजावटका सामग्रीहरू राखिएको थियो जसकारण आग द्रूत गतिमा फैलियो।
आगलागीको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन। षर्ट सर्किट सहित अन्य सम्भावित कारणहरूको अनुसन्धान भइरहेको छ। आगलागीबाट भएको क्षतिको आधिकारिक मूल्याङ्कन हुन सकेको छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा