गुरुग्रामः दीपावलीमा 14 ठाउँ आगलागी, लाखौँको सम्पत्ति नष्ट
गुरुग्राम के सेक्टर-67 स्थित एक मकान में लगी आग।


गुरुग्राम के भीम नगर में एक दुकान में लगी आग।


गुरुग्राम के सेक्टर-13 स्थित राजीव नगर में एक दुकान में लगी आग बुझाते दमकलकर्मी।


- मानिसहरूले निश्चित समयको परवाह गरेनन्, रातभरि पटाका पड़्काए

- गुरुग्राममा प्रदूषित, बिरामी, वृद्धहरू पीडित

गुरुग्राम, ०9 नोभेम्बर (हि.स.)। दीपावलीको राती गुरुग्राममा हर्षोल्लासको बीचमा भएको आगलागीले ठूलो विनाश निम्त्यायो। जिल्लामा दिउँसोदेखि अबेर रातीसम्ममा मोठ 14 वटा आगलागीका घटना प्रकाशमा आयो। अधिकांश घटनाहरू राती भएका थिए जतिबेला मानिसहरूले तोकिएको समय-सीमाको परवाह नगरी अन्धाधुन्ध पटाका पड़्काउन थाले।

प्रशासनले दीपावलीमा दुई घण्टाको लागि मात्र हरित पटाकाहरू पड़्काउने अनुमति दिएको थियो, तर वास्तविकतामा रातभरि आतिशबाजी चलेको थियो जसको परिणाम केही व्यापारी अनि सर्वसाधारणले भोग्नु पऱ्यो जहाँ आगोले लाखौँ रुपियाँको सम्पत्ति नष्ट गरिदियो। दमकल विभागका वाहनहरू रातिभरि एक ठाउँबाट अर्को ठाउँमा दौडिरहेका थिए। आगलागीको घटना खाण्डसा रोडमा भयो जहाँ व्यवसायी कुलभूषण गोयलको स्वामित्वमा रहेको मेसर्स पायल आइरन एण्ड हार्डवेयर ट्रेडर्समा आगलागी भयो। आगलागीले पसलभित्रका सामानहरूलाई जलाएर नष्ट पारिदियो। सूचना पाएपछि दमकल वाहनहरूले घटनास्थलमा पुगेर आगो निभाए। घटनामा व्यापारीले ठूलो नोक्सान बेहोर्ने परेको अनुमान गरिएको छ। यसबाहेक डीएलएफ फेज-4 मा रहेको घर नम्बर-5523- को विद्युतीय प्यानलमा आगलागी भयो भीम नगरमा, पुलिस लाइन्सको जे-टावरमा, अर्जुन नगरको स्क्र्याप पसलमा, कृष्णा प्यालेसको छेउमा रहेको पसलमा र नयाँ बस्तीमा आगलागी भएको रिपोर्ट दर्ता गरिएको छ।

राजीव नगर सेक्टर-13 को साइकल पसल, सेक्टर-67 को घर, गाउँ जोडी नजिकैको स्क्र्याप पसल, डीएलएफ फेज-3 उद्योग विहारको स्क्र्यापमा पनि आगलागी भयो। यसबीच आईएलडी सोसाइटी नजिकैको बसाई एन्क्लेभ पार्ट-2, सेक्टर-37डी र पालम विहारको घर नम्बर-सी-1558 मा आगलागी यो। सौभाग्यवश यी घटनाहरूमा कुनै प्रकारको जनहानि भएको खबर आएको छैन, तर धेरै ठाउँमा मानिसहरूले आफ्नो घर छोड्नुपरेको छ।

/ बिशाल


 rajesh pande