गुरुग्रामः ट्रकमा आगलागी हुँदा जिउँदै जलेर चालकको मृत्यु
गुरुग्रामः ट्रकमा आगलागी हुँदा जिउँदै जलेर चालकको मृत्यु


-कम्पनीको पार्किङ्गमा राखिएको थियो ट्रक

गुरुग्राम, ०9 नोभेम्बर (हि.स.)। फर्रुखनगर पुलिस थाना क्षेत्र अन्तर्गत खैन्टावास गाउँको एएमसी पार्किङ्गमा पार्क गरिएको ट्रलीमा आगलागी भयो ट्रालीभित्र रहेका चालक पवन सिंहको जिउँदै जलेर मृत्यु भयो। पवन सिंह (37) उत्तर प्रदेशको कानपुरस्थित श्याम नगरका बासिन्दा थिए। उनी एएमसी कम्पनीमा ट्रली चलाउने गर्थे।

जानकारी मुताविक आठ र नौ नोभेम्बरको राती पवन सिंह ट्रली लिएर एएमसी पार्किङ्गमा बसेका थिए। भनिन्छ, उनले ट्रलीभित्र रक्सी खाइरहेका थिए। यसै अवधि आगो लाग्यो अनि द्रूत गतिमा फैलियो। पवन सिंह बाहिर निक्लिन सकेनन्। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि कारबाही शुरू गऱ्यो। पुलिसले शवलाई कब्जामा लिएर गुरूग्रामको मोर्चरीमा रखाएको छ। आगलागीको कारण पत्तो लगाउनको लागि पुलिसले जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande