
जम्मू, ०9 नोभेम्बर (हि.स.)। केन्द्रिय मन्त्री डा. जितेन्द्र सिंहले सोमवार जम्मू शहरको गोदाम क्षेत्रमा भएको भयानक आगलागीमा चिन्ता व्यक्त गरे जसले व्यापारी र व्यापारिक समुदायलाई ठुलो क्षति पुऱ्याएको छ। डा. जितेन्द्र सिंहले दमकलकर्मीहरूले ढिलो गरी प्रतिक्रिया दिएको आरोपमा चिन्ता व्यक्त गर्दै आपतकालीन सेवाहरू आगो निभाउन समयमै पुग्न नसकेको कुरा सुनेर दुःख लागेको बताए।
एउटा पोस्टमा केन्द्रिय मन्त्रीले प्रभावित व्यापारिक समुदायसँग एकता व्यक्त गरे अनि अधिकारीहरूलाई उचित कारबाही गर्न तथा प्राथमिकताको आधारमा स्थिति सम्हाल्न आग्रह गरे। जम्मूको गोदाम क्षेत्रमा आइतवार राती आगलागी भएको छ जसले व्यापक क्षति पुऱ्याएको छ। यस घटनाले स्थानीय व्यापारीहरूमा चिन्ता बढ़ेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा