
कोलकाता, 09 नोभेम्बर (हि.स.)। दीपावली औ काली पूजाको पावन अवसरमा शान्ति एवं सुरक्षा व्यवस्थालाई कायम राख्नको लागि कोलकाता पुलिसले कड़ा तथा प्रभावकारी कदम उठाएको छ। पुलिसद्वारा सञ्चालित यस विशेष अभियानको मुख्य उद्देश्य शहरमा कानून-व्यवस्था सुनिश्चित गर्नु र उपद्रवीहरूमथि लगाम लगाउनु थियो। पुलिसद्वारा जारी आधिकारिक आँकड़ा अनुसार, पुलिसले शहरभरि सञ्चालित अभियान अन्तर्गत मोठ 341 जना मानिसहरूलाई पक्राउ गरिएको छ।
नियमहरूको उल्लङ्घन गरी अवैध रूपमा पटाखा पड़्काएको आरोपमा 95 मानिसहरूलाई पक्राउ गरिएको छ भने सार्वजनिक स्थानहरूमा हुलदङ्गा मच्चाउने तथा अभद्र व्यवहार गरी शान्ति भङ्ग गरेको आरोपमा सर्वाधिक 246 जना मानिसहरूलाई हिरासतमा लिइएको छ। पुलिस प्रशासनद्वारा स्पष्ट पारिएको छ, तिहारमाकुनै पनि प्रकारको अराजकतालाी सहन गरिनेछैन।
पक्राउसँगसँगै कोलकाता पुलिसले अवैध सामग्रीहरूको जफत गर्ने कारबाहीमा पनि ठूलो सफलता हासिल गरेको छ। शहरभरि गरिएको गहन छापामारीमा 131.1 किलोग्राम प्रतिबन्धित औ अवैध पटाखा जफत गरिएको छ। यस अतिरिक्त पुलिसले 6 लीटर अवैध देशी मदिरा पनि जफत गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा