
रायपुर, 09 नोभेम्बर (हि.स.)। राजधानी रायपुरको डुमरतराई अन्न मण्डीमा दीपावलीको दिन गए आइतवार अबेर राती तीनवटा पसलहरूमा भयानक आगलागी भयो। यसमा दीपक ट्रेडर्स, भेङ्कटेश इन्टरप्राइजेज औ जयराम स्टेश्वरी सामेल छन्। यस भयानक आगलागीमा करोड़ौं रुपियाँको नोक्सान भएको आशङ्का प्रारम्भिकरूपमा व्यक्त गरिँदैछ।
माना थानाबाट प्राप्त जानकारी अनुसार मण्डीस्थित दीपक ट्रेडर्स, भेङ्कटेश इन्टरप्राइजेज औ जयराम स्टेशनरी एवं कन्फेक्शनरी आइटमका पसलहरूमा आगो लाग्यो। यी तीन वटा पसलहरू बी-164, बी-165 औ बी-166 नम्बरमा अवस्थित छन्। हेरदा-हेर्दै आगोले तीनै वटा पसलहरूलाई आफ्नो चपेटमा लियो। पसलमा राखिएका सामानहरूहरूले गर्दा आगो झन् द्रूत गतिमा फैलियो। यस अवधि पसलभित्र विस्फोट भएको पनि सुनियो जसबाट वरपरको क्षेत्रमा भय फैलियो।
घटनाको सूचना पाउनसाथ दमकल विभागको टीम घटनास्थलमा पुग्यो अनि आगोलाई नियन्त्रण गर्नको लागि दमकल, एसडीआरएफ साथै निजी प्लान्टहरूका करीब 10 वटा वाहनहरूलाई खटाइयो। सबै टीमहरू आगो निभाउनमा जुटे जसले गर्दा सोमवार बिहानसम्ममा आगोलाई नियन्त्रण गरियो। स्थितिलाई नियन्त्रण गर्नको लागि रायपुर कलेक्टर गौरव सिंह, एसपी श्वेता सिंह औ निगम कमिश्नर, सम्बित मिश्रा पनि बिहानसम्मै घटनास्थलमा बसे। हाल आगलागीको कारण थाहा लाग्न सकेको छैन। आगोलाई पूर्ण रूपमा नियन्त्रित गरिएपछि नै नोक्सानको वास्तविक मूल्याङ्कन हुनेछ।
रायपुर कलेक्टर गौरव सिंहको निर्देशन अनुसार राजस्व विभाग (पटवार र आरआई) -को टोलीले प्रभावित तीनवटा पसलहरूमा भएको वास्तविक क्षतिको सर्वेक्षण गर्नेछन्। पसलहरूमा राखिएका स्टक स्टेशनरी अनि कन्फेक्शनरी वस्तुहरू तथा पूर्वाधारमा भएको क्षतिको परिमाणबारे विस्तृत मूल्याङ्कन प्रतिवेदन तयार गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा