गीत ‘व्यर्थैमा’ को म्युजिक भिडियो सार्वजनिक
गीत ‘व्यर्थैमा’ को म्युजिक भिडियो सार्वजनिक


गान्तोक, 09 नोभेम्बर (हि.स.)। लोकप्रिय संगीतकर्मी अल्बर्ट गुरुङको शब्द, सङ्गीत तथा स्वरमा सजिएको नयाँ गीत ‘व्यर्थैमा’ को आधिकारिक म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।

ओपन स्टेज प्रोडक्सनको प्रस्तुतिमा निर्माण गरिएको उक्त गीतको ध्वनि मिश्रण तथा अन्तिम ध्वनि सम्पादन एरिक गुरुङले गरेका हुन्। म्युजिक भिडियोमा निखिल शङ्कर, केसाङ डोमा लेप्चा, निकोलस लेप्चा तामसाङ र अंशिका थापाले अभिनय गरेका छन्।

मौलिक शब्द, कर्णप्रिय सङ्गीत तथा कलाकारहरूको आकर्षक अभिनयले सजिएको यस म्युजिक भिडियोले नेपाली सङ्गीतप्रेमी दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

गीत ‘व्यर्थैमा’ अल्बर्ट गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ। यस म्युजिक भिडियोको निर्माण तथा प्रस्तुतिलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण कलाकार, प्राविधिक टोली तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande