
दार्जिलिङ, 09 नोभेम्बर (हि.स.)। दार्जिलिङका पूर्व विधायक तथा दार्जिलिङ गोर्खा हिल काउन्सिल (डीजीएचसी) का पूर्व पार्षद एनके कुमाईको निधन भएको छ। दार्जिलिङका सांसद राजु बिष्टले कुमाईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सांसद बिष्टले आज सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै स्वर्गीय कुमाईको निधनले आफू दुःखी भएको बताएका छन्। टर्नबुल उच्च माध्यमिक विद्यालयका समर्पित शिक्षकसमेत रहेका कुमाईले आफ्नो जीवन गोर्खा समुदायको सेवामा इमानदारी र समर्पणका साथ बिताएको उनले उल्लेख गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल