काली पूजाको राति एनआरएस अस्पतालको छात्रावासमा आगलागी
एनआरएस अस्पताल में लगी आग


कोलकाता, ०9 नोभेम्बर (हि.स.)। काली पूजा र दीपावलीको राती कोलकाताको प्रतिष्ठित नील रतन सरकार (एनआरएस) मेडिकल कलेज एवं अस्पतालको बालक छात्रवासमा आगलागी भयो जसबाट ठूलो खैलाबैला मच्चियो। गए आइतवार राती हस्टेल परिसरमा मेडिकल विद्यार्थीहरूले आतिशबाजी गर्दा आगलागी भएको अस्पताल प्रशासनले आरोप लगाएको छ। तर विद्यार्थीहरूले यसलाई अस्वीकार गर्दै शर्ट सर्किटको कारण आगलागी भएको बताएका छन्।

अस्पताल सूत्र अनुसार घटना आइतवार राती 9 बजेतिर भएको हो। छात्रवास परिसरमा आगलागी भएको खबर आएपछि सुरक्षाकर्मीहरू तुरुन्तै कारबाहीमा लागे अनि आगो निभाउने उपकरणको सहयोगमा आगो निभाएर ठूलो दुर्घटना हुनबाट बचाए।

यस घटनाले धेरै गम्भीर प्रश्नहरू खड़ा गरेको छ। घटनाको पुष्टि गर्दै अस्पतालका एमएसवीपी मानवेन्द्र सरकारले बताए, आतिशबाजीको कारणले नै आगलागी भएको थियो। अहिले अवस्था नियन्त्रणमा रहेको छ। तथापि हस्टेलमा आतिशबाजी गर्ने अनुमति कसरी दियो भनेर सोध्दा उनले कुनै जवाफ नदिई फोन कल काटिदिए।

अर्कोतर्फ हस्टलेमा बस्ने आवासीय विद्यार्थीहरूले दिवालीको अवसरमा हस्टेललाई बत्तीले सजाइएको र यसै समयमा शर्ट सर्किट भएको कारण आगलागी भएको दाबी गरेका छन्। आगलागीको वास्तविक कारण अझै आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन।

यस घटनाले बिरामीको सुरक्षा र अस्पतालको नियमहरूबारे घोर लापरवाहीलाई औंल्याएको छ। अस्पताल परिसरलाई 'साइलेन्स जोन' मानिन्छ जहाँ ध्वनि प्रदूषण रोक्न हर्न बजाउन पनि कड़ा रूपमा निषेध गरिएको छ।

चिन्ताजनक कुरा के छ भने श्वास-प्रश्वास सम्बन्धी रोगका बिरामीहरूको उपचार गर्ने अस्पतालको चेस्ट मेडिसिन विभाग दुर्घटना भएको स्थानको छेउमै अवस्थित छ। यस्तो अवस्थामा आतिशबाजी गर्नु निकै गम्भीर कुरा हो।

उल्लेखनीय कुरा के छ भने राज्य सरकार एवं प्रदूषण नियन्त्रण बोर्डले काली पूजा र दीपावलीको राती 8 बजीदेखि 10 बजीसम्म मात्र मान्यता प्राप्त (हरियो) पटाका पड़्काउने अनुमति दिएको थियो। निर्देशनहरूमा स्पष्ट रूपमा भनिएको छ, विद्यालय र अस्पतालहरू जस्ता मौन क्षेत्रहरू- मा कुनै पनि आतिशबाजीलाई सहन गरिने छैन र यसलाई नजिकबाट निगरानी गरिनेछ। तथापि आइतवार रात, निर्धारित समय सीमा बितिसकेपछि पनि नियमहरूको अवहेलना गर्दै तीव्र ध्वनिमा पटाकाहरू पड़्काइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande