
गुवाहाटी, ०९ नोभेम्बर (हि.स.)। गुवाहाटी महानगरको बाहिरी क्षेत्रमा एक महिलाको सड़ेको अवस्थामा शव फेला परेपछि पुलिसले गरेको अनुसन्धानका क्रममा हत्याको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
पुलिसले सोमवार बताए अनुसार, गत शनिवार खानापाडा र आठ माइल गणेश मन्दिरबीच राष्ट्रिय राजमार्ग २७ को किनारमा रहेको सुनसान क्षेत्रमा निकै दुर्गन्ध आएपछि केही मानिसहरू नजिक गएर हेर्दा मानिसको एउटा खुट्टा देखेका थिए। यसबारे स्थानीय मानिसहरूले पुलिसलाई जानकारी गराए। घटनास्थलमा दिसपुर पुलिसको एउटा टोली पुग्यो। पुलिसले शव आफ्नो कब्जामा गर्यो। शवलाई टुक्रा पारेर बोरामा राखी फालिएको अवस्थामा फेला पारिएको थियो। पुलिसले प्रारम्भिक अनुसन्धानमा फेला परेको शव १२ दिनअघि गुवाहाटीको कोइनाधारा क्षेत्रबाट बेपत्ता भएकी महिला जीना बैश्यको रहेको पत्ता लगाएको छ।
पुलिस शले अनुसन्धान तीव्र बनाएको छ। अनुसन्धानका क्रममा महिलाको हत्या गरेको आरोपमा भवेन पेगुलाई पक्राउ गरिएको छ। हत्या गर्न प्रयोग गरिएको दाउ पनि पुलिसले जफत गरेको छ। हत्याराले शवलाई ठेगान लगाउन प्रयोग गरेको म्याजिक वाहन पनि पुलिसले जफत गरेको छ। यसअघि नै दर्ता गरिएको प्राथमिकीका आधारमा जीना वैश्यको हत्या प्रकरणमा पक्राउश परेको आरोपीसँग पुलिसले गहन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी