
बजाली (असम), ०9 नोभेम्बर (हि.स.)। दीपावलीको बेला असमको बजाली जिल्लाको पाठशाला क्षेत्रमा भीषण आगलागी भएपछि जिल्ला प्रशासनले पटाकाको बिक्री एवं प्रदर्शनको अनुमतिलाई रद्द गरिदिएको छ। प्रशासनले तत्काल प्रभावबाट पटाखाको बिक्री एवं प्रदर्शनलाई रोक्ने निर्देशन जारी गरेको छ।
उल्लेखनीय कुरा के छ भने दीपावलीको उत्सवमा पाठशालामा भएको ठूलो आगलागीमा आठ वटा पसलहरू जलेर नष्ट भएका छन्। प्रारम्भिक जानकारी अनुसार आगो पहिला उपासना खेलाघरमा लागेको थियो जुन चाँडै नजिकैका पसलहरूमा फैलियो।
आगोलाई नियन्त्रण गर्नको लागि अग्निशमन विभागका चार वटा वाहनहरू घटनास्थलमा पुगे। लामो परिश्रमपछि आगोलाई नियन्त्रण गरियो। गाड़ियों
घटनापछि कोकोहोलो मच्चियो। प्रत्यक्षदर्शीहरूले बताए, द्रूत गतिमा फैलिेएको आगोले हेर्दा-हेर्दै केही पसलहरूलाई आफ्नो चपेटमा लियो।
यस भीषण आगलगीपछि आज जिल्ला प्रशासनले सतर्ककदम उठाउँदै पटाकाको बिक्री र प्रदर्शनमाथि तत्काल रोक लगाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा