
गान्तोक, 09 नोभेम्बर (हि.स.)। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले तिहारको पावन अवसरमा आज बिहान परिवारसहित असमस्थित प्रसिद्ध माँ कामाख्या मन्दिरमा पूजा-अर्चना गरेका छन्। उक्त जानकारी उनले आज सामाजिक सञ्जालमार्फत दिएका छन्।
मुख्यमन्त्री तामाङले आफ्नो भ्रमणबारे जानकारी दिँदै सिक्किम तथा राज्यवासीको शान्ति, समृद्धि र कल्याणका लागि माता कामाख्यासँग आशीर्वाद मागेको बताएका छन्।
उनले माता कामाख्याको दिव्य कृपाले सुन्दर सिक्किम राज्यको निरन्तर मार्गदर्शन र रक्षा गरिरहोस् भन्दै प्रत्येक घरपरिवारमा सुख, सुस्वास्थ्य र सद्भाव कायम रहोस् भन्ने कामना गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल