
रेवाड़ी, 09 नोभेम्बर (हि.स.)। रेवाड़ीमा दीपावलीको राती भएको एक पीड़दायी सड़क दुर्घटनामा 17 वर्षीय युवकको मृत्यु भयो भयो उसको दुई जना साथीहरू घाइते भए। गाउँ बूढ़पुर रोडस्थित पेट्रोल पम्पको छेउमा तीनजना युवकहरूको बाइक अनियन्त्रित भएर सड़क किनारमा रूखसित ठोक्कियो। यस दुर्घटनामा विकास नगर निवासी मनजितको घटनास्थलमै मृत्यु भयो जो बाह्रौ कक्षाका छात्र थिए। घटनाको सूचना पाउनसाथ परिवार गहिरो शोकमा डुब्यो।
पुलिस अनुसार दीपावलीको राती तीनै जना युवक एकजना साथीको घरमा पटाखा पड़्काउन गएका थिए। त्यहाँबाट फर्कने क्रममा उनीहरूको बाइक अचानक बुढ़पुर रोडमा रहेको पेट्रोल पम्प नजिकै सन्तुलन गुमाएको थियो। बाइक नियन्त्रण बाहिर गयो अनि सड़कको छेउमा रहेको बिजुलीको खम्बामा ठोक्कियो। ठक्कर यति भीषण थियो कि बाइकमा सवार तीन जना युवक सड़कमा लड़े। दुर्घटनामा मनजितलाई गम्भीर चोट लागेको थियो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो। उनका साथी निखिल र तनुखलाई पनि चोट लागेको छ। दुर्घटनाको समयमा मनजितले बाइक चलाएको बताइएको छ।
मृतक मनजित रेवाडीको विकास नगरका बासिन्दा थिए। उनी तीन जना दाज्यु र दुई जना दिदी-बहिनीहरूमध्ये कान्छा थिए। परिवारलाई उनीबाट धेरै आशा थियो। कक्षा 12- का विद्यार्थी मनजितको आकस्मिक मृत्युले परिवारलाई स्तब्ध पारेको छ। दीपावलीको अवसरमा घरमा खुसीको वातावरण थियो, तर दुर्घटनाले परिवारलाई अविस्मरणीय दुःख दियो।
दुर्घटनाको सूचना पाउनसाथ सदर थाना पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिको जायजा लियो। पुलिसले शवलाई कब्जामा लिएर नागरिक अस्पतालमा पुऱ्यायो जहाँ पोस्टमर्टम गरियो। त्यसपछि शव परिवारलाई सुम्पिइयो। पुलिस अनुसार बाइकको सन्तुलन बिग्रिएर यो दुर्घटना भएको हो ।मामिलाको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा