
गान्तोक, 09 नोभेम्बर (हि.स.)। गान्तोकको लिन्डिङ रोडस्थित द डेनमा आयोजित सिक्किम ओपन स्नूकर प्रतियोगिता २०२६ आइतबार सम्पन्न भएको छ। प्रतियोगिताको फाइनलमा भारतका प्रतिनिधि सुन्दीपले नेपालका प्रतिनिधि राजेनलाई पराजित गर्दै च्याम्पियनको उपाधि जितेका छन्। राजेन उपविजेता बने।
गान्तोक ओल्ड युथ क्लबद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन तथा नेतृत्वमा आयोजित प्रतियोगिताको समापन समारोहमा प्रमुख संरक्षक तेन्जिङ दोर्जी भोटिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
प्रतियोगितामा विभिन्न खेलाडीहरूले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो खेलकौशल, सटीकता र प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गरेका थिए।
गान्तोक ओल्ड युथ क्लबले सिक्किममा खेलकुद प्रवर्द्धन तथा युवा विकासका लागि निरन्तर सहयोग र प्रोत्साहन प्रदान गरेकोमा मुख्यमन्त्रीप्रति आभार व्यक्त गरेको छ। साथै, प्रमुख संरक्षक तेन्जिङ दोर्जी भोटिया, सहभागी खेलाडी, समर्थक तथा प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।
प्रतियोगिताले सिक्किममा स्नूकर खेलप्रतिको आकर्षण बढाउनुका साथै नयाँ खेलाडीलाई अवसर प्रदान गर्न र युवामाझ खेलकुद संस्कृतिलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल