
हल्द्वानी, ०9 नोभेम्बर (हि.स.)। एमबीपीजी कलेजमा राज्य स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यसबेला बबाल मच्चियो जतिबेला राज्यले आन्दोलनकारीहरूलाई सम्मानित गर्न लागेको कार्यक्रममा आन्दोलनकारीहरूले नै प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाए। स्थानीय प्रशासनले राज्य आन्दोलनकारीप्रति सम्मान व्यक्त गर्दै उक्त कार्यक्रमको आयोजना गरेको थियो।
ऊर्जा राज्यमन्त्री हुकुम सिंह कुँवर यस अवसरमा मुख्य अतिथि थिए। यसैबीच राज्य आन्दोलनकारी सुरेन्द्र रौतेला र राजु बिष्टले कार्यक्रमको बारेमा समयमै जानकारी नदिएकोमा असन्तुष्टि व्यक्त गरे। उनले आरोप लगाए, यो कार्यक्रम राज्य आन्दोलनकारीहरूको सम्मानमा आयोजना गरिएको थियो, तर धेरै आन्दोलनकारीहरूलाई यसको बारेमा ढिलो जानकारी दिइयो।
यस कुरालाई लिएर मञ्चमै हुकुम सिंह कुवँर र आन्दोलनकारी सुरेन्द्र रोतेला अनि राजू बिष्टबीच चर्को बहस शुरू भयो। हेर्दा-हेर्दै कार्यक्रमको माहोल गरमियो। आन्दोलनकारीहरूले प्रशासनको प्रवृत्तिमाथि रोष व्यक्त गर्दै समयमै सूचना नदिइएकोमा प्रश्न उठाए।
कार्यक्रम अवधि प्रशासनको पक्षबाट सिटी मेजिस्ट्रेट एपी वाजपेयी, नगर आयुक्त परितोष वर्मा, एसडीएम मोनिका आर्य औ बीडीओ कुलदीप पाण्डेय उपस्थित थिए। यस अतिरिक्त उत्तराखण्ड मण्डी परिषदका अध्यक्ष अनिल कपूर डब्बू, ,राज्य मन्त्री मोहन पाठक, भाजपाका वरिष्ठ नेता मनोज पाठक समेत ठूलो सङ्ख्यामा राज्य आन्दोलनकारीहरू कार्यक्रममा सामेल भएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा