साहित्य कला संस्थान् तीनधारेद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्ती पालन
तीनधारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्ती पालन


खरसाङ, 09 नोभेम्बर (हि.स.)। साहित्य कला संस्थान् तीनधारेको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्ती पालन गरिएको छ। तीनधारेको इम्प्लोइज युनियनको कार्यालयमा सम्पन्न कार्यक्रममा साहित्य कला संस्थान् तीनधारेका सभापति रञ्जनकुमार रसाइलीले अध्यक्षता गरेका थिए।

कार्यक्रम सञ्चालन गर्दै संस्थानका सचिव सन्तोष लामाले देवकोटा जयन्तीको महत्त्वबारे प्रकाश पार्दै उपस्थित सदस्यहरूलाई स्वागत जनाएका थिए। कार्यक्रममा सर्वप्रथम महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा खदार्पण तथा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरियो।

यस अवसरमा मदनकुमार प्रधान र उत्तम शर्माले महाकवि देवकोटाको साहित्यिक योगदान तथा उनका अमूल्य कृतिहरूबारे जानकारी गराएका थिए। उनीहरूले देवकोटाका कृतिहरू वर्तमान समयमा पनि उत्तिकै महत्त्वपूर्ण र सान्दर्भिक रहेको बताए।कार्यक्रमका अध्यक्ष रञ्जनकुमार रसाइलीले आफ्नो अध्यक्षीय सम्बोधनमा महाकवि देवकोटाको व्यक्तित्व तथा साहित्यिक योगदानबारे प्रकाश पारेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande