
शाहजहाँपुर, 09 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको शाहजहाँपुर जिल्लामा गङ्गा एक्सप्रेस-वेमा आइतवार अबेर राती एउटा भयानक वाहन दुर्घटनामा बसका कण्डक्टर र हेल्परको मृत्यु भयो। बसको पछिल्लाो शीशा फुटेको कारणले तल झरेर जाँच गर्दै गर्दा पछाड़िबाट द्रूत गतिमा आइरहेको अज्ञात ट्रकले दुवैलाई कुल्चियो। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट भाग्यो।
पुलिस अनुसार दिल्लीबाट यात्रु बोकेको बस आइतवार राती झारखण्ड तर्फ गइरहेको थियो। परशुरामपुरी पुलिस थाना क्षेत्रको गङ्गा एक्सप्रेसवेको किलोमीटर नम्बर 257 नजिकै बसको पछाडिको शिशामा एउटा वस्तु ठोक्कियो जसले गर्दा बसको शिशा फुट्यो। त्यसपछि ड्राइभर मृत्युञ्जय, कण्डक्टर विपिन र हेल्पर कौशल बसबाट तल झरेर जाँच गर्न शुरु गरे।
जाँचपछि चालक बसमा चढ़्यो भने कण्डक्टर र हेल्पर पुनः बसमा सवार हुन गइरहेका थिए। यसै अवधि पछाड़िबाट द्रूत गतिमा आएको अज्ञात ट्रकले दुवैलाई आफ्नो चपेटमा लियो। यस भीषण दुर्घटनामा दुवैको शव क्षत-विक्षत भयो। पुलिसलाई सड़कमा छरिएका अवशेषहरूलाई एकत्र ग र्न पऱ्यो।
शवलाई हिरासतमा लिएर पोस्टमर्टम गर्नको लागि पठाइएको प्रभारी निरीक्षक अरविन्द कुमार चौहानले बताए। मृतकको पहिचान बिहारको गया निवासी कौशल (35) र औरङ्गाबाद निवासी विपिन (55)- को रूपमा भएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ भने अर्कोतिर ट्रक चालकको खोजी गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा