
वाराणसी, 09 नोभेम्बर (हि.स.)। सोमवार उत्तर प्रदेशको वाराणसी जिल्लास्थित चोलापुर पुलिस थाना क्षेत्रमा द्रुत गतिमा गुड़िरहेको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्कियो। यस दुर्घटनामा बाइक चालक गम्भीर घाइते भए जसलाई अस्पताल पुऱ्याउनुअघि नै उनको मृत्यु भयो।
पहड़िया-बेला रोडमा रहेको दशवथपुर गाउँ नजिकै भएको यस प्रत्यक्षदर्शीका प्रत्यक्षदर्शीहरू उनुसार मोटरसाइकलको गति निकै द्रूत थियो। यसबीच चालकले वाहनमाथि आफ्नो नियन्त्रण गुमायो अनि बाइकलाई सिधै बिजुलीको खम्बामा ठोक्कायो। ठक्कर यति तीव्र थियो कि युवक गम्भीर रूपमा घाइते भए। सूचना पाएपछि चोलापुर पुलिस घटनास्थलमा पुग्यो अनि घाइते युवकलाई अस्पताल पुऱ्याउने व्यवस्था गऱ्यो, तर त्यतिञ्जेलसम्म उसको मृत्यु भइसकेको थियो। पुलिसले शवलाई हिरासतमा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। यो समाचार लेखुञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा