शाहजहाँपुरमा दुई किशोरीको शव रूखमा झुण्डिरहेको अवस्थामा भेटियो
घटना स्थल पर मौजूद पुलिस


शाहजहाँपुर, ०9 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको शाहजहाँपुर जिल्लामा सोमवार बिहान निगोही पुलिस थाना क्षेत्र अन्तर्गत हर्रेया गाउँ नजिकै रूखमा दुई जना किशोरीहरूको शव रूखमा झुण्डिरहेको अवस्थामा फेला परेको घटनाले खैलाबैला मच्चायो। दुवैजना घनिष्ठ मित्र थिए। सूचना पाएपछि पुलिसले शवलाई कब्जा गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। फरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण सङ्कलन गरेको छ।

पुलिस अनुसार गाउँ हर्रेया निवासी 15 बर्षीय औ 17 बर्षीय दुई जना किशोरीमाझ गहिरो मित्रता थियो। सोमवार बिहान ग्रामीणहरूले गाउँदेकि केही टाड़ा एउटा रूखमा दुवैको शव झुण़्डिरहेको देखेष त्यसपथि परिवार अनि पुलिसलाई सूचना दिइयो। घटनाको जानकारी पाउनसाथ पुलिसका उच्चाधिकारीहरूले घटनास्थलमा पुगेर निरीक्षण गरे।

भनिन्छ, दिवालीको दिन दुवै साथीले परिवारसँग दिपावली मनाएका थिए। गए आइतवार राती करिब 12 बजेसम्म सबै कुरा सामान्य थियो। सोमवार बिहान दुवै जना घरबाट बेपत्ता भएपछि परिवारका सदस्यहरूले उनीहरूलाई खोज्न थाले। केही समयपछि गाउँ बाहिरको रूखमा झु्ण्डिरहेको उनीहरूको शव फेला परेको खबरले परिवारमा खैलाबैला उत्पन्न भयो।

अतिरिक्त पुलिस अधीक्षक शहर देवेन्द्र कुमारले भने, यी दुई किशोरहरूले आत्महत्या गरेको प्रथम दृष्टिमा देखिन्छ। शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ। पोस्टमर्टम रिपोर्ट र अनुसन्धानपछि मात्र घटनाको वास्तविक अवस्था स्पष्ट हुनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande