
भुवनेश्वर, 09 नोभेम्बर (हि.स.)। ओडिसामा चिसोको प्रभाव बिस्तारै बढ्न थालेको छ। राज्यका धेरै भागमा न्यूनतम तापक्रम 20 डिग्री सेल्सियसभन्दा तल झरेको छ। राजधानी भुवनेश्वर र कटकमा पनि पारा खस्किएपछि बिहान- राती चिसो महसूस हुन थालेको छ।
भारत मौसम विज्ञान विभाग अनुसार सोमवार बिहान 8.30 बजे भुवनेश्वरमा न्यूनतम तापमान 18.9 डिग्री सेल्सियस औ कटकमा 17.6 डिग्री सेल्सियस दर्ता गरियो।
राज्यका अन्य धेरैवटा शहरहरूमा पनि न्यूनतम तापक्रम 20 डिग्रीभन्दा तल रेकर्ड गरिएको छ। फूलबनीमा राज्यको सबैभन्दा कम न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। भवानीपटना र दारिङ्गबाडीमा पारा 15 डिग्री सेल्सियसमा झरेको छ।
झारसुगुडा अनि नबरङपुरमा न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। केन्दुझारमा 16.6, रायगढामा 17 डिग्री एवं बलाङ्गिरमा 17.2 डिग्री सेल्सियस थियो।
त्यसैगरी देवगढ़मा न्यूनतम तापक्रम 17.4 डिग्री, परालाखेमुन्डी 17.5 डिग्री अनि हिराकुडमा 17.8 डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
राज्यका विभिन्न भागहरूमा तापमना घट्नको साथै जाड़ोको प्रभाव बढ़्न थलेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा