
सागर, ०9 नोभेम्बर (हि.स.)। मध्य प्रदेशको सागर जिल्लामा दीपावलीपछि सोमवार हफसली गाउँमा गोवर्धन पूजा मनाइयो। यस विशेष अवसरमा मुख्य अतिथिका रूपमा मन्त्री गोविन्द सिंह राजपूत र विधायक शैलेन्द्र कुमार जैन उपस्थित थिए। दुवै जनप्रतिनिधिले वैदिक मन्त्रहरूको बीचमा भगवान कृष्ण अनि गोवर्धन पर्वतको विधि-विधान पूर्वक पूजा गरेर क्षेत्रको समृद्धिको लागि प्रार्थना गरे।
पूजन कार्यक्रम पश्चात विधायक शैलेन्द्र जैनले समस्त सागरवासीहरू एवं प्रदेशवासीहरूको उत्तम स्वास्थ्य, सुख औ समृद्धिको निम्ति ईश्वरसित प्रार्थना गरे। उनले भने, गोवर्धन पूजाको पावन पर्व हाम्रो सनातन संस्कृति, प्रकृति संरक्षण, कृषि व्यवस्था औ गौवंशप्रति आदरको प्रतीक हो। आयोजन अवधि कलाकारहरूद्वारा प्रस्तुत लोक नृत्यले उपस्थित जनसमूहलाई भावविधोर बनायो।
कार्यक्रमको मुख्य आकर्षण स्थानीय पशुपालक बन्धु एवं डेयरी व्यवसायीहरूसित आयोजित आत्मीय सम्वाद रह्यो। विधायक एवं मन्त्रीले प्रत्यक्ष रूपमा ग्रामीणहरूको समस्या अनि प्राथमिक आवश्यकताहरूलाई सुने। घटनास्थलमा उपस्थित प्रशासनिक अधिकारीहरूलाई निर्देश दिइयो, पशुपालक अनि डेयरी व्यवसायीहरूसितसम्बन्धित समस्याहरूको यथाशीघ्र समाधान सुनिश्चित किया जाए।
यस अवसरमा भारतीय जनता पार्टीका जिल्ला अध्यक्ष श्याम तिवारी, सागर नगरनिगम अध्यक्ष वृन्दावन अहिरवार, स्थानीय जनप्रतिनिधि, प्रशासनिक अधिकारी-कर्मचारी एवं ठूलो सङ्ख्यामा ग्रामीणहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा