
हरिद्वार, 09 नोभेम्बर (हि.स.)। लक्सरको दोसनी रेलवे फाटक निकट सोमवार रेलवे ट्र्याक एक अज्ञात महिलाको क्षत-विक्षत शव भेटिएको घटनाले खैलाबैला मच्चायो। प्रथम दृष्टया महिलाको मृत्यु ट्रेनको चपेटमा परी भएको मानिँदैछ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पहिचान गर्ने प्रयास गरिरहेको छ। पुलिसले शवलाई रुड़कीस्थित मोर्चरीमा रखाएको छ।
लक्सर कोतवालीका वरिष्ठ उप-निरीक्षक राजेश बिष्टले सोमवार दोसनी रेलवे स्टेशनका स्टेशन मास्टर रञ्जन कुमारले रेलवे ट्रयाकमा शव फेला परेको जानकारी पुलिसलाई दिएको बताए। सूचना पाएपछि उप-निरीक्षक शाहजाद अली पुलिस टोली सहित घटनास्थलमा पुगे। पुलिसले डोसनी पुरानो रेलवे गेट नजिकैको ओभरब्रिज नजिक डाउन लाइनमा करिब 30 देखि 35 वर्षकी अज्ञात महिलाको शव फेला पारेको छ। ट्रेनले कुल्चिएको कारणले शरीर नराम्ररी क्षतिग्रस्त भएको थियो।
पुलिसले वरपरका ग्रामीण तथा स्थानीय मानिसहरूसित जाँचबुझ गरी महिलाको पहिचान गराउने प्रयास गऱ्यो। महिलाले बैगनी रङ्गको सलवार सुट र खैरो रङ्गको स्वेटर लगाएकी छे भने गलामा सेतो रङ्गको धातुको लकेट र ताबीज थियो जबकि दाहिने हातमा पहेंलो रङ्गको धातुको चुरा लगाएकी छे।
पुलिस सम्पूर्ण घटनाक्रमको अनुसन्धानमा जुटेको छ।
/ बिशाल