इतिहासका पानाहरूमा 23 फरवरी: सौन्दर्य र अभियनकी उदाहरण मधुबाला
मधुबाला


कुनै अत्यन्त सुन्दर अनुहार देख्दा प्रायः भनिन्छ, उनीलाई भगवानले फुर्सदमा बसेर बनाएका हुन्। हिन्दी सिनेमाकी अनुपम अभिनेत्री मधुबालाका लागि यो कथन एकदम सटीक ठहरिन्छ। आफ्नी अलौकिक सुन्दरता, निष्कपट मुस्कान र स्वाभाविक अभिनयका कारण उनले दर्शकहरूको ह्रदयमा अमिट छाप छोडिन्।

14 फरवरी, 1933 मा जन्मेकी मधुबालाले निकै कम उमेरमै फिल्मी संसारमा पाइला टेकिन् र चाँडै नै हिन्दी सिनेमाकी सबैभन्दा प्रिय नायिकामध्ये एक बनिन्। आफ्नो अद्वितीय सौन्दर्यका कारण उनलाई ‘हिन्दी सिनेमाकी वीनस’ भनिन्थ्यो। तर उनको पहिचान केवल सौन्दर्यमा सीमित थिएन, उनी एक शक्तिशाली र संवेदनशील अभिनेत्री पनि थिइन्, जसले हरेक भूमिकामा जीवन भरेकी थिइन्।

ऐतिहासिक महाकाव्य फिल्म ‘मुगल-ए-आजम’ मा अनारकलीको भूमिका निभाएर उनले अभिनयको यस्तो शिखर छोइन्, जसलाई आज पनि सम्झना गरिन्छ। शहजादा सलीम र अनारकलीको प्रेमकथालाई उनले जुन पीडा, गरिमा र कोमलताका साथ पर्दामा प्रस्तुत गरिन्, त्यो भारतीय सिनेमाको इतिहासमा अमर बनेको छ। यसरी नै हास्यप्रधान फिल्म ‘चल्ती का नाम गाड़ी’ मा उनको चुलबुले र शोख शैली दर्शकहरूलाई निकै मन पऱ्यो। किशोर कुमारसँग उनको जोडीले फिल्मलाई अविस्मरणीय बनायो।

मधुबालाको फिल्मी यात्रा लामो नभए पनि प्रभाव अत्यन्त गहिरो रह्यो। निजी जीवनमा गम्भीर मुटु रोगसँग संघर्ष गरिरहेकी यस अदाकाराले मात्र 36 वर्षको उमेरमा 23 फरवरी, 1969 मा संसारलाई अलविदा भनिन्।

आज पनि हिन्दी सिनेमाकी सबैभन्दा सुन्दर र प्रभावशाली अभिनेत्रिहरूको चर्चा हुँदा मधुबालाको नाम श्रद्धा र सम्मानका साथ लिइन्छ। उनको मुस्कान, उनका आँखाहरूको सरलता र पर्दामा छरिएको उनको जादू सिनेप्रेमीहरूको मनमा सधैं जीवित रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande