राम चरण र उपासना कोनिडेलाले जुम्ल्याहा सन्तानका नामहरू खुलासा गरे
Ram Charan


दक्षिणी सुपरस्टार राम चरण र उनकी पत्नी उपासनाले ३१ जनवरी, २०२६ मा जुम्ल्याहा छोरा-छोरीको स्वागत गरेका थिए। उनीहरूको पहिले नै छोरी क्लिन कारा छन्, र अब परिवारमा एउटा छोरा र एउटी छोरी थपिएपछि खुशी दोब्बर भएको छ। हैदराबादको निजी नामकरण समारोहमा उनले छोराको नाम शिवराम र छोरीको नाम अनवीरा देवी राखे। राम चरणले नामहरूको पछाडिको अर्थ बताउँदै भने, शिवराम भगवान शिव र रामका आदर्शहरूको प्रतीक हो-शक्तिसँग संयम, धर्मसँग भक्ति। यता, अनवीरा देवी असीम वीरता र दिव्य नारी शक्तिको प्रतिनिधित्व गर्छ, जहाँ 'अन' ले असीमता, 'वीरा' ले साहस र 'देवी' ले शक्ति-करुणाको संयोग जोड्छ। यसलाई परिवार र अभिभावकहरूसँग सोचविचार गरी लिइएको निर्णय बताए। राम चरण-उपासनाको विवाह २०१२ मा भएको थियो, र क्लिन काराको जन्म २०२३ मा भएको थियो। अब उनीहरूको परिवार चार सदस्यीय बनेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande