कोंकणा सेन शर्माको ‘एक्यूज्ड’ २७ फरवरीमा नेटफ्लिक्समा रिलिज हुने
कोंकणा सेन शर्मा  फोटो सोर्स एक्स


राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री कोंकणा सेन शर्माको आगामी थ्रिलर फिल्म ‘एक्यूज्ड’ लाई लिएर दर्शकमाझ उत्साह बढ्दै गएको छ। केही दिनअघि फिल्मको आधिकारिक घोषणा गरिएको थियो र अब निर्माताहरूले यसको रिलिज मिति पनि सार्वजनिक गरेका छन्। फिल्ममा ‘लापता लेडीज’ बाट चर्चा कमाएकी अभिनेत्री प्रतिभा राँटा पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन्।

निर्माताहरूले सामाजिक सञ्जालमार्फत दुवै अभिनेत्रीसहितको प्रभावशाली पोस्टर सार्वजनिक गर्दै फिल्मको डिजिटल प्रिमियरको जानकारी दिएका छन्। अनुभूति कश्यपको निर्देशनमा बनेको यस फिल्मको कथा सीमा अग्रवाल र यश केसवानीले संयुक्त रूपमा लेखेका हुन्।

नेटफ्लिक्समा हुनेछ प्रिमियर

थ्रिलर-ड्रामा फिल्म ‘एक्यूज्ड’ को प्रिमियर २७ फरवरीमा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा हुनेछ। पोस्टरसँगै शेयर गरिएको क्याप्सनमा लेखिएको छ, “मीरा आफ्नो सपनाले भरिएको जीवन बाँचिरहेकी छ। के कुनै एउटा रहस्यले उसको जीवनलाई दुःस्वप्नमा बदलिदिन्छ?”

फिल्ममा कोंकणा सेन शर्मा डाक्टर गीतिकाको भूमिकामा देखिनेछिन् भने प्रतिभा राँटा मीराको चरित्रमा प्रस्तुत हुनेछिन्। कथावस्तु एउटा यस्तो रहस्य वरिपरि घुम्छ, जसले सामान्य जीवनलाई अचानक भयावह मोडतर्फ लैजान्छ।

टिजरले पायो सकारात्मक प्रतिक्रिया

हालै सार्वजनिक गरिएको फिल्मको टिजरले दर्शकहरूबीच निकै चर्चा बटुलेको छ। सस्पेन्स र भावनात्मक टोनले भरिएको झलकले दर्शकको जिज्ञासा झन् बढाएको छ। कोंकणाको गम्भीर स्क्रिन उपस्थिती र प्रतिभाको साेझाेपनभित्र लुकेको तनावले फिल्मलाई एक सशक्त थ्रिलरका रूपमा प्रस्तुत गरिरहेको देखिन्छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande