
मुम्बई, 06 फरवरी (हि.स.)। भारतीय रिजर्भ ब्याङ्क (आरबीआई) ले यसपटक पनि नीतिगत ब्याजदर रेपो दरमा कुनै परिवर्तन गरेको छैन। आरबीआईका गभर्नर सञ्जय मल्होत्राले शुक्रबार रेपो दर ५.२५ प्रतिशतमै कायम राख्ने घोषणा गरेका हुन्। आरबीआईको यस निर्णयका कारण ऋणको ब्याजदर पनि यथावत् रहनेछ।
मौद्रिक नीति समिति (एमपीसी) को तीनदिने समीक्षा बैठकका निर्णयबारे जानकारी दिँदै गभर्नर मल्होत्राले एमपीसीले तटस्थ नीतिगत दृष्टिकोण कायम राख्ने निर्णय गरेको बताए। उनले भने, आरबीआईको मौद्रिक नीति समितिले सर्वसम्मत रूपमा प्रमुख नीतिगत दर रेपो दरलाई ५.२५ प्रतिशतमै कायम राखेको हो।
मल्होत्राले जानकारी दिँदै वित्तीय वर्ष २०२५–२६ का लागि आर्थिक वृद्धिदरको अनुमान बढाएर ७.४ प्रतिशत पुर्याइएको बताए। यसअघि केन्द्रिय ब्याङ्कले आर्थिक वृद्धिदर ७.३ प्रतिशत रहने अनुमान गरेको थियो। आरबीआई गभर्नरका अनुसार, घरेलु मुद्रास्फीति र आर्थिक वृद्धिको परिदृश्य सकारात्मक रहेकाले चालु आर्थिक वर्षका लागि मुद्रास्फीति २.१ प्रतिशत रहने अनुमान गरिएको छ।
उल्लेखनीय छ, आरबीआईले फरवरी २०२५ देखि अहिलेसम्म नीतिगत ब्याजदर रेपो दरमा जम्मा १२५ प्रतिशतको कटौती गरिसकेको छ, जसका कारण हाल रेपो दर ५.२५ प्रतिशतमा कायम छ।
हिन्दुस्थान समाचार / बिशाल