
कुल्लू, 25 फरवरी (हि.स.)। पर्यटकीय नगरी मनालीमा घुम्न आएका झारखण्डका पूर्व मुख्यमन्त्री चम्पाई सोरेनका नातिको शंकास्पद अवस्थामा मृत्यु भएको छ। अनुसन्धानपछि पुलिसले शव पोस्टमार्टमको लागि पठाएको छ। अनुसन्धान जारी छ।
जानकारी अनुसार, चम्पाई सोरेनका नाति वीर सोरेन 22 फरवरीमा आफ्ना साथीहरूसँग मनाली घुम्न आएका थिए। उनीहरू सबै सिमसाको हिमालयन सैलेट होमस्टेमा बसिरहेका थिए। 23 फरवरीमा उनीहरू सोलङ/सेथन क्षेत्रमा घुम्न गएका थिए तथा साझँ पुनः होमस्टेमा फर्किए। मंगलवार जब उनीहरू होमस्टे वरिपरि घुमेर 12.30 बजी फर्किए तब वीर सोरेन निदाइरहेका थिए। जब उनलाई उठाइयो तब उनले अत्यधिक टाउँको दुःखेको बताए। उनका साथीहरूले ब्लिंकिट मार्फत अनलाइन औषधि अर्डर गरे र उनलाई दिए, त्यसपछि उनी फेरि निदाए।
डीएसपी मनाली क्षमादत्त शर्माले बताए, उनका साथी उत्तर प्रदेश निवासी अग्नय अनुसार लगभग 2.30 बजी कोठाबाट लड़ेको आवाज सुनियो। कोठामा गएर हेर्दा वीर सोरेन ओछ्यानबाट भूईमा लड़ेका थिए। त्यसपछि उनलाई कृतिन शर्माको कारमा मनाली अस्पताल ल्याइयो। अस्पताल लैजाँदै गर्दा उनको मुखबाट फिँज निस्कन थाल्यो। डाक्टरहरूले लामो समयसम्म सीपीआर दिए तर जाँचपछि उनलाई मृत घोषित गरियो।
पुलिसले वीर सोरेनको शव मनाली शवगृहमा राखेको छ। मृतकको परिवारलाई जानकारी गराइएको छ। उनीहरू आइपुगेपछि पोस्टमार्टम गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी