छत्तीसगढः बीजापुर भिडन्तमा दुई नक्सली मारिए, खोजी अभियान जारी
छत्तीसगढः बीजापुर भिडन्तमा दुई नक्सली मारिए, खोजी अभियान जारी


रायपुर, 26 फरवरी (हि.स.)। छत्तीसगढको बीजापुर जिल्लामा बिहिबार बिहान सुरक्षा बल र नक्सलीबीच भएको भिडन्तमा २ जना नक्सली मारिएका छन्। बीजापुर जिल्लाका पुलिस अधीक्षक जितेन्द्र यादवले यसको पुष्टि गरेका छन्। मुठभेड स्थलबाट दुवै नक्सलीको शवसँगै एसएलआर र इन्सास हतियार बरामद गरिएको छ।

पुलिस अधिकारीका अनुसार, बीजापुर जिल्लाको जांगला थाना क्षेत्रअन्तर्गत इन्द्रावती नदी नजिकका जंगलहरूमा माओवादीहरूको उपस्थितिको पुख्ता सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा संयुक्त सुरक्षा बलको टोली खोजी तथा माओवादीविरुद्धको अभियानका लागि प्रस्थान गरेको थियो। आज बिहान सुरक्षा बल र माओवादीबीच भिडन्त भएको थियो।

भिडन्तपछि क्षेत्रमा सञ्चालन गरिएको सर्च अभियानका क्रममा दुई वर्दीधारी माओवादीको शव बरामद गरिएको छ। घटनास्थलबाट एक एसएलआर राइफल, एक इन्सास राइफल, एक १२ बोर राइफलसहित विस्फोटक सामग्री तथा माओवादीहरूले दैनिक प्रयोग गर्ने अन्य सामग्रीसमेत जफत गरिएको छ।

बस्तरका आईजी सुन्दरराज पट्टलिंगमले क्षेत्रमा अझै सघन खोजी अभियान जारी रहेको जानकारी दिएका छन्। उनले भिडन्तका क्रममा घना जंगलको फाइदा उठाएर केही माओवादी फरार भएको र उनीहरूको खोजी कार्य जारी रहेको बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande