वीर सावरकरको पुण्यतिथिमा प्रधानमन्त्री मोदीद्वारा श्रद्धाञ्जली, धैर्य र सङ्कल्पको दिए सन्देश
pm modi


नयाँ दिल्ली, 26 फरवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार महान क्रान्तिकारी विनायक दामोदर सावरकरको पुण्यतिथिको अवसरमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्रीले भने, मातृभूमिका कर्मठ सपूत वीर सावरकरको जीवनबाट हामीले प्रतिकूल परिस्थितिमा पनि आफ्नो सङ्कल्पमा अडिग रहने प्रेरणा पाउँछौँ।

प्रधानमन्त्रीले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा सन्देश दिँदै भने, सावरकरको साहस, संयम र मातृभूमिप्रतिको समर्पणको भावना सधैं देशवासीहरूलाई मार्गदर्शन गर्दै रहनेछ। उनले संस्कृतको एक श्लोक उद्धृत गर्दै भने,

“धीराः शोकं तरिष्यन्ति लभन्ते सिद्धिमुत्तमाम्।

धीरैः सम्प्राप्यते लक्ष्मीर्धैर्यं सर्वत्र साधनम्॥”

यसको अर्थ हो, धैर्यवान व्यक्तिले शोक र कठिनाइहरू पार गरेर उत्कृष्ट सफलता हासिल गर्छ। धैर्यकै माध्यमबाट समृद्धि (लक्ष्मी) प्राप्त हुन्छ। अर्थात् धैर्य हरेक स्थान र हरेक कार्यमा सफलताको मुख्य साधन हो।

प्रधानमन्त्रीले भने, वीर सावरकरले देशलाई दासत्वको जञ्जिरबाट मुक्त गराउन आफ्नो जीवन समर्पित गर्नुभएको थियो। उहाँको व्यक्तित्व र कृतित्वले हरेक पुस्तालाई राष्ट्रसेवामा प्रेरित गरिरहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande