छत्तीसगढ़ विधानसभा पुगे 120 आत्मसमर्पित नक्सली, लोकतान्त्रित प्रक्रियासित भए अवगत
छत्तीस


रायपुर, 27 फरवरी (हि.स.)। छत्तीसगढ़ सरकारको पुनर्वास नीति अन्तर्गत आत्मसमर्पण गरेर मुख्यधारामा फर्किएका 120 पूर्व नक्सलवादीहरू शुक्रवार छत्तीसगढ़ विधानसभामा कारबाहीको अवलोकन गर्न पुगे। यो पहलको उद्देश्य पूर्व नक्सलवादीहरूलाई लोकतान्त्रिक प्रणाली र मतपत्रको शक्तिसँग परिचित गराउनु थियो।

विधानसभा पुगेका आत्मसमर्पित नक्सलवादीहरूमा 66 पुरुष र 54 महिला थिए। यसमा नक्सलवादी संगठनका पूर्व केन्द्रिय समिति सदस्यहरू रूपेश, बसवा, चैतु, ललिता र राजु पनि सामेल रहे। संगठनका सामान्य सदस्य रहेका पूर्व नक्सलवादीहरूले आगन्तुक ग्यालरीबाट कारबाहीको अवलोकन गरे जबकि केन्द्रिय समितिका स्तरका नेताहरू अध्यक्षीय ग्यालरीमा बसेका थिए।

25 लाख रुपियाँ इनामी र 2013 को झिरम उपत्यका आक्रमणका कथित मास्टरमाइन्ड चैतुले लगभग 35 वर्ष जंगलमा बिताएपछि नोभेम्बर 2025 मा आत्मसमर्पण गरेको थियो र अब सामान्य जीवनमा फर्किसकेको छ।

विधानसभा अध्यक्ष तथा सदनका सदस्यहरूले उनीहरूलाई स्वागत गरे र मुख्यधारामा फर्केकोमा बधाई दिए। पुनर्वास प्रक्रियालाई सुदृढ़ पार्न लोकतान्त्रिक संस्थाहरूसँगको प्रत्यक्ष सम्पर्कले महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ।

राज्यका उपमुख्यमन्त्री तथा गृहमन्त्री विजय शर्माले सदनलाई जानकारी गराए कि अहिलेसम्म राज्यका 2937 नक्सलीहरू पुनर्वास नीतिबाट लाभान्वित भएका छन् र मुख्यधारामा सामेल भइसकेका छन्। छत्तीसगढ़ विधानसभाको इतिहासमा यसलाई महत्त्वपूर्ण दिन भन्दै उनले लोकतन्त्रमा हिंसा त्यागेर फर्केकाहरूलाई स्वागत र सम्मान गरिनुपर्छ भने।

विधानसभा भ्रमणअघि उपमुख्यमन्त्री विजय शर्माले बिहिवार राति आफ्नो निवासमा सबै आत्मसमर्पित नक्सलीहरूको सम्मानमा रात्रिभोज आयोजना गरे, जहाँ उनीहरूसँग अन्तरक्रिया गरियो र पुनर्वास र भविष्यका योजनाहरूबारे छलफल गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande