
इम्फाल, 27 फरवरी (हि.स.)। विगत २४ घण्टामा मणिपुरका विभिन्न क्षेत्रहरूमा गरिएको कारबाहीमा विभिन्न उग्रवादी संगठनका छजना क्याडर पक्रा परेका छन्।
मणिपुर पुलिस मुख्यालयबाट आज जारी गरिएको आधिकारिक विज्ञप्तिमा भनिएको छ, बिहिवार गरिएको पहिलो कारबाहीमा सुरक्षा बलले प्रीपाक (पीआरओ) का सक्रिय कार्यकर्ता थोक्चोम राज सिंह (२५), उर्फ इबुङ्गोलाई पक्राउ गरेको छ। उनलाई इम्फाल पश्चिम जिल्लाको घारी क्षेत्रबाट पक्राउ गरिएको हो। उनको एउटा मोबाइल फोन र आधार कार्ड जफत गरिएको छ।
दोस्रो कारबाहीमा सुरक्षा बलले केसीपी (पीएससी) का सक्रिय क्याडर पृथ्वीराज मोइराङथेम उर्फ ३बी (२६) लाई पक्राउ गरेको छ। उनलाई इम्फाल पूर्वी जिल्लाको इरिलबुङ पुलिस थाना क्षेत्र अन्तर्गत उनको निवासबाट पुलिसले पक्राउ गरेको हो।
तेस्रो कारबाहीमा सुरक्षा बलले इम्फाल पूर्वी जिल्लाको याइंगाङपोक्पी पुलिस थाना अन्तर्गत याइंगाङपोक्पी क्षेत्रबाट दुई जना आरपीएफ/पीएलए क्याडरलाई पक्राउ गरेको छ। उनीहरूलाई थिंगोम महेनजीत सिंह उर्फ अनाओ (२२) र न्गाङबाम डेरिक सिंह (२०) को रूपमा पहिचान गरिएको छ। उनीहरूको कब्जाबाट एउटा नम्बर ३६ ह्यान्ड ग्रेनेड, एउटा डेटोनेटर, विभिन्न क्यालिबरका १० जिउॅंदो राउन्ड र दुई मोबाइल फोनहरू बरामद गरिएको छ।
चौथो कारबाहीमा सुरक्षा बलहरूले एक जबरजस्ती चन्दा उठाउने व्यक्ति र एक सक्रिय आरपीएफ/पीएलए क्याडर मोइरङथेम जेन्सन सिंह उर्फ अहेनबा उर्फ नाओबी (२६) लाई पक्राउ गरेको छ। उनलाई इम्फाल पूर्वी जिल्लाको हेइङ्गाङ प्रहरी चौकी क्षेत्रबाट पक्राउ गरिएको छ। उनीबाट तीन आरपीएफ/पीएलए स्थापना दिवस ब्यानर र दुई मोबाइल फोनहरू बरामद गरिएको छ।
पाँचौं कारबाहीमा सुरक्षा बलहरूले सक्रिय आरपीएफ/पीएलए क्याडर लोङजाम याइफाबा एंगोम उर्फ नानाओ (३०) लाई पक्राउ गरेको छ। उनलाई इम्फाल पश्चिम जिल्लाको वाहेङ खुमान क्षेत्रमा पक्राउ गरिएको छ। उनीबाट दुई मोबाइल फोनहरू बरामद गरिएको छ।
पुलिसले पक्राउ परेका उग्रवादीहरूसँग सोधपुछ जारी राखेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी