
बुलढाणा (महाराष्ट्र), २७ फरवरी (हि.स.)। केन्द्रिय आयुष मन्त्री प्रतापराव गणपतराव जाधवले बिहिबार औषधीय उत्पादनहरूको बढ्दो विश्वव्यापी मागसँगै भारत यी आपूर्ति शृङ्खलाहरूमा अग्रणी बन्न तयार रहेकाे बताएका छन्। शेगाउँमा चलिरहेको राष्ट्रिय आरोग्य मेला २०२६ मा ग्रामीण सशक्तिकरणका लागि औषधीय खेती सत्रहरूलाई सम्बोधन गर्दै प्रतापराव जाधवले भने, किसानहरूले उच्च मूल्यका औषधीय बालीहरू सेताे मुसली, बेसार, अदुवा, अश्वगन्धा र एलोभेरालाई सामान्य बालीहरूसँग एकीकृत गर्नुपर्छ, जसले आम्दानी दोब्बर बनाउन सक्छ। उनले औषधीय वनस्पति संगठनहरू आयुष अन्तर्गत राष्ट्रिय औषधीय वनस्पति बोर्ड र वन विभागसँगको सहकार्यको बारेमा जानकारी दिए, जसले ५-१० प्रतिशत औषधीय प्रजातिहरूलाई वनीकरणमा समावेश गर्दछ। उनले भने, ई चरकमा विस्तृत गाइड र बिरुवाहरू उपलब्ध छन्, किसानहरूले आजै शुरु गर्न सक्छन्।मेलामा भएको एउटा महत्वपूर्ण विकासमा किसान, आपूर्तिकर्ता र उत्पादकहरूबीच औषधीय बिरुवा बालीका लागि सम्झौता पत्रमा हस्ताक्षर समावेश थियो। यी सम्झौताहरूले सुनिश्चित खरिद, स्थिर मूल्य, गुणस्तर मापदण्ड र सहज आपूर्ति शृङ्खला सुनिश्चित गर्नेछन्, जसले गर्दा ठूलो मात्रामा खेती र मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्नेछ।शेगाउँमा आयुष मन्त्रालयद्वारा आयोजित चार दिने भव्य कार्यक्रममा नि:शुल्क सामान्य स्वास्थ्य जाँच, योग्य विज्ञहरूसँग परामर्श, प्रामाणिक आयुष औषधिहरूको वितरण, औषधीय बिरुवा र उत्पादनहरूमा अन्तरक्रियात्मक प्रदर्शनी, प्रत्यक्ष योग र प्राकृतिक चिकित्सा प्रदर्शन, शैक्षिक-उद्योग सेमिनार, किसान-केन्द्रित खेती सत्रहरू, र सामुदायिक जागरूकता अभियानहरू समावेश छन्। यी गतिविधिहरूले स्वास्थ्य पेशेवरहरू, शाेधकर्ताहरू, निर्माताहरू, किसानहरू, संस्थाहरू र नागरिकहरू बीच महत्त्वपूर्ण संवादलाई बढावा दिन्छ। आयुष चिकित्सकहरूले आयुर्वेद-प्रेरित उपचारहरू, साथै चश्मा वितरण र रेफरल सेवाहरू प्रदान गरे।जाधवले भने, आरोग्य मेला केवल एक कार्यक्रम मात्र होइन, यो सहकार्य मार्फत आयुषलाई प्रवर्द्धन गर्ने आन्दोलन हो। उत्साही भीड, जीवन्त स्टलहरू, नीति घोषणाहरू, र समझौता जस्ता व्यावहारिक पहलहरूको साथ, मेलाले गति लिइरहेको छ।यस अवसरमा आशा कार्यकर्ताहरूलाई आयुर्वेदिक घरेलु उपचारमा बेसार (सूजनको लागि), अदुवा (पाचनको लागि), र तुलसी (रोग प्रतिरोधात्मक क्षमताको लागि) जस्ता दैनिक भान्साका सामग्रीहरू प्रयोग गर्न तालिम दिइयो। उनीहरूलाई लोकप्रिय नारा आजी बाई का बटुआ (हजुरआमाको झोलामा सबैको उपचार हुन्छ) काे बारेमा बताइएको थियो, ताकि उनीहरू घर-घरमा गएर आयुष उपचारको बारेमा प्रचार गर्न सकून्। उनीहरूले मधुमेह र उच्च रक्तचाप जस्ता जीवनशैली रोगहरूलाई रोक्न सचेत खाना र अनुशासित जीवनशैली जस्तै चाँडै सुत्ने र चाँडै उठ्नेको बारेमा बताइयाे।कार्यक्रमको तेस्रो दिन दिव्याङ्गजनहरूका लागि समर्पित सहयोग प्रदान गरिनेछ, जसमा नि:शुल्क ह्वीलचेयर, कृत्रिम खुट्टा/हात, र घटनास्थलमा फिटिङ वितरण समावेश छ। आँखा जाँच र सम्बन्धित सेवाहरू चौथो दिनसम्म जारी रहनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी