पश्चिमी सिंहभूममा आईईडी विस्फोट, सहायक कमान्डेन्ट गम्भीर घाइते
पश्चिमी सिंहभूममा आईईडी विस्फोट, सहायक कमान्डेन्ट गम्भीर घाइते


पश्चिमी सिंहभूम, ०१ मार्च (हि.स.)। झारखण्डको पश्चिमी सिंहभूम जिल्लाको सारंडा जंगलमा नक्सलविरुद्ध सञ्चालन भइरहेको अभियानका क्रममा आज बिहान आईईडी विस्फोट हुँदा 209 कोबरा बटालियनका सहायक कमान्डेन्ट अजय मलिक गम्भीर घाइते भएका छन्। विस्फोट यति शक्तिशाली थियो कि यसको आवाज टाढा-टाढासम्म सुनिएको थियो। घटनाको पुष्टि जिल्लाका पुलिस अधीक्षक अमित रेणु ले गरे।

सुरक्षा बललाई सारंडा वन क्षेत्रमा नक्सलीहरूको उपस्थितिबारे गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा 209 कोबरा बटालियन र जिल्ला पुलिसको संयुक्त टोली खोजी अभियानका लागि जंगलतर्फ गएको थियो। टोली दुर्गम र बाक्लो क्षेत्रमा अघि बढिरहेको बेला जमिनमुनि राखिएको प्रेसर आईईडी अचानक विस्फोट भएको हो। विस्फोटको चपेटामा परेर सहायक कमान्डेन्ट अजय मलिक गम्भीर रूपमा घाइते भएका छन्।

घटनापछि अन्य जवानहरूले मोर्चा सम्हाल्दै सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरी खोजी अभियान तीव्र पारेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै थप सुरक्षा बल बोलाइएको छ। वरिष्ठ अधिकारी तथा पुलिस मुख्यालयलाई तत्काल जानकारी दिइएको छ।

घाइते सहायक कमान्डेन्ट अजय मलिकलाई घटनास्थलबाट सुरक्षित रूपमा उद्धार गरी प्राथमिक उपचार गरिएको छ। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रांची एयरलिफ्ट गरिएको छ। एसपी अमित रेणुले नक्सलीविरुद्धको अभियान जारी रहेको र सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande