पुञ्छमा एलओसी नजिकै भारतीय सीमाभित्र पस्यो पाकिस्तानी ड्रोन, सेनाद्वारा फाइरिङ
Drone. Su


जम्मू, ०१ मार्च (हि.स.)। जम्मू-कश्मीरको पुञ्छ जिल्लामा आज बिहानै नियन्त्रण रेखा (एलओसी) पार गर्दै भारतीय सीमाभित्र प्रवेश गरेको पाकिस्तानी ड्रोनलाई खसाल्ने प्रयासमा भारतीय सेनाले गोलीबारी गरेको छ। यद्यपि अधिकारीहरूका अनुसार, ड्रोन केही समयपछि क्षेत्रमा मडारिएपछि पाकिस्तानको कब्जामा रहेको कश्मीर (पीओके) तर्फ फर्कियो। पछिल्ला तीन दिनमा सीमा पारबाट ड्रोन गतिविधि देखिएपछि सैनिकहरूले गोली चलाएको यो दोस्रो घटना हो।

अधिकारीहरूका अनुसार, अग्रिम चौकीमा तैनाथ सैनिकहरूले बिहान करिब ६:१० बजी ड्रोन देखेका थिए र त्यसलाई खसाल्न एक दर्जनभन्दा बढी राउन्ड गोली प्रहार गरेका थिए। तर ड्रोन गोलीबाट जोगिँदै तुरुन्तै फर्किएको बताइएको छ।

ड्रोनबाट कुनै हतियार वा लागुऔषध झारिएको छ कि छैन भन्ने सुनिश्चित गर्न खोजी अभियान शुरु गरिएको छ। यसअघि २७ फरवरीमा पनि सैनिकहरूले यही क्षेत्रमा एक पाकिस्तानी ड्रोनमाथि गोली चलाएका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande