
नयाँ दिल्ली, 01 मार्च (हि.स.)। केन्द्रिय सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले 2 मार्चदेखि 5 मार्चसम्म स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वर्ल्ड कांग्रेसमा भारतको प्रतिनिधित्व गर्नेछन्।
सञ्चार मन्त्रालयले बार्सिलोना आइपुगेपछि सिन्धियाले सम्मेलनमा भारत मण्डपको उद्घाटन गर्ने बताएको छ, जसले विश्वव्यापी प्लेटफर्ममा भारतको दूरसञ्चार उत्पादन क्षमता र नवाचार इकोसिस्टम प्रदर्शन गर्नेछ। उनले इन्डिया मोबाइल कांग्रेसको कर्टेन रेजरको पनि अनावरण गर्नेछन्। आफ्नो भ्रमणको क्रममा सिन्धियाले जीएसएमए मन्त्रीस्तरीय कार्यक्रममा बिल्ट फर ह्वाट्स नेक्स्ट सत्रलाई सम्बोधन गर्नेछन्। यस सत्रमा भविष्यको डिजिटल पूर्वाधार र उदीयमान प्रविधि ढाँचाहरूको बारेमा छलफल गरिनेछ। उनले किफायती, समावेशी र स्केलेबल डिजिटल कनेक्टिभिटी मोडेलहरूमा जोड दिँदै ‘ब्रेकिङ द कस्ट बैरियर’ विषयमा समापन मुख्य वक्तव्य पनि दिनेछन्।
आफ्नो भ्रमणको क्रममा सिन्धियाले विश्वव्यापी मुख्य कार्यपालक अधिकारीहरूको साथ रात्रिभोजमा भाग लिनेछन्। उनले विभिन्न विश्वव्यापी र भारतीय कम्पनीहरूको स्टलहरूको भ्रमण गर्नेछन् र प्रविधि प्रदर्शनीहरूको अवलोकन गर्नेछन्। उनले तेजस नेटवर्क स्टलमा टी31600-डी3 हाइपर स्केलेबल डीसीआई प्लेटफर्मको शुरुवात गर्नेछन्।
सिन्धियाले दूरसञ्चार क्षेत्रका विभिन्न हितधारकहरूसंग उच्चस्तरीय द्विपक्षीय बैठकहरू पनि गर्नेछन्। यी बैठकहरूमा सार्वभौमिक र सार्थक कनेक्टिभिटी र बलियो सञ्चार पूर्वाधारमा सहयोगका अवसरहरूको खोजी गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी