केसीपी र यूएनएलएफका तीन उग्रवादी पक्राउ
उग्रवादी


इम्फाल, ०१ मार्च (हि.स.)। मणिपुर पुलिसले शनिबार छुट्टाछुट्टै अभियानमा प्रतिबन्धित उग्रवादी संगठनका तीन जना क्याडरलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये केसीपी (नौंगद्रेन्खोम्बा) का एक सदस्य तथा यूएनएलएफ (कोइरेङ) का दुई सक्रिय क्याडर रहेका छन्।

मणिपुर पुलिस मुख्यालयबाट आज जारी आधिकारिक सूचनाअनुसार इम्फाल पश्चिम जिल्लाको सिङ्जामेई थाना क्षेत्रअन्तर्गत खगेमपल्ली पंखा नगानापी थोंग मामाङस्थित निवासबाट केसीपी (नौंगद्रेन्खोम्बा) का क्याडर लाइशराम मोनिश सिंह उर्फ टम (२३) लाई पक्राउ गरिएको हो। उनको साथबाट एक मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

अर्को अभियानमा इम्फाल पूर्व जिल्लाको पोरोमपत थाना क्षेत्रको वाङ्खेई आयाङपल्लीबाट यूएनएलएफ (कोइरेङ) का दुई क्याडरलाई पक्राउ गरिएको छ। उनीहरूको पहिचान स्वयंभू सेकेन्ड लेफ्टिनेन्ट असीम नोंगपोकंगनबा मैतेई उर्फ नांगोइबा (३२) तथा थाङजाम गांधी मैतेई उर्फ याइमा (२७) का रूपमा भएको छ। दुवैमाथि अवैध असुली (वसूली) गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।

पक्राउ परेकाहरूको साथबाट एक पेस्तोल, दुई म्यागजिनमा लोड गरिएको १६ राउन्ड जिउँदो कारतूस तथा एक मोबाइल फोन बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ।

---

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande