
शोणितपुर (असम), 16 मार्च (हि.स.)। असम विधानसभा चुनाउको तिथि घोषणा हुनपूर्व कंग्रेस पार्टीका उम्मेद्वारहरूको दोस्रो सूची जारी भएपछि पार्टीमा आन्तरिक मतभेद रहेको खबर बाहिरिएको छ। यसबीच प्रदेश कंग्रेस अध्यक्ष तथा लोकसभा सांसद गौरव गोगोईले गए आइतवार पार्टीभित्र कुनै पनि प्रकारको द्वन्द्व रहेको अड़कललाई ठाड़ैै खारेज गरिदिए। उनले बल दिँदै भने, पार्टी असमको व्यापक हितमा एकजुट छ। बितेको राती शोणितपुर जिल्ला मुख्यालय शहर तेजपुर पुगेपछि मीडियासित बातचित गर्दै गोगोईले भने, पार्टी नेतृत्वलाई कुनै पनि वरिष्ठ नेताबाट राजीनामा पत्र प्राप्त भएको छैन। उनले भने, आन्तरिक चर्चा सामान्य राजनीतिक प्रक्रियाको अंग हो।
उनले भने, कुनै पनि वरिष्छ कंग्रेस नेताबाट राजीनामाको कुनै पत्र प्राप्त भएको छैन। असमको हितमा सबै एकजुट हुन चाहन्छ्। कंंग्रेसभित्र कुनै पनि प्रकारको विद्रोह छैन। वास्तवमा उम्मेद्वारहरूको सूची घोषणा भएपछि मानिसहरूमा अझ उत्साह बढ़ेको छ। अन्तिम सूचीलाई लिएर पार्टीभित्र अहिले पनि चर्चाहरू भइरहेका छन्।
उनको यो टिप्पणी कंग्रेसको राज्य एकाईमा असन्तोष व्याप्त भएको ती खबरहरूबीच आएको छ जुन पार्टीद्वारा उम्मेद्वाारहरूको दोस्रो सूची घोषणा गरिेपछि आएको थियो। यस घटनाक्रमले त्यसबेला झन् चर्चा कमायो जतिबेला वरिष्ठ कंग्रेस नेता प्राणेश्वर बसुमतारीले सूची सार्वजनिक भएको तुरून्तैपछि पार्टीबाट राजीनामा दिए जसबाट पार्टीभित्र अशान्ति व्याप्त रहेका अड़कलहरूले झन् अक्सीजन पायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा